खेल

दक्षिण एसियाली खेलकुदको मिति घोषणा

दक्षिण एसियाली खेलकुदको मिति घोषणा
nepal-olempic-commity मंसिर - १८ । ओलम्पिक काउन्सिलले तेह्राैँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मिति घोषणा गरेको छ । काउन्सिलको शनिबार सम्पन्न बैठकले सन् २०१९ मार्च ९ देखि १८ सम्म उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । भारतमा यसैवर्ष सम्पन्न १२औँ साग समापन समारोहमा नै १३औँ साग नेपालमा गर्ने घोषणा भएको थियो । हरेक दुई वर्षमा आयोजना हुने उक्त खेल नेपालको आन्तरिक कारणले केही समय लम्बिन गएको हो । आजको बैठकले ओलम्पिक परिषद्को प्रधान कार्यालय काठमाडौँमा स्थापना गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । तेह्रौँ सागमा कम्तिमा २० र बढीमा २५ खेल समावेश गर्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए। परिषद्को अर्को बैठक भुटानमा हुनेछ । रासस

ओलम्पिक काउन्सिल नेपाल ओलम्पिक कमिटि साग

विशेष