देश

बन्दले जनजीवन प्रभावित

बन्दले जनजीवन प्रभावित
मंसिर - १८ । पाँच नम्बर प्रदेशबाट पाल्पालाई टुक्र्याइएको विरोधमा पाल्पामा जारी बन्दले यहाँको जनजीवन कष्टकर भएको छ । शनिबार सदरमुकाम तानसेनमा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले थप दुई दिनका लागि जिल्ला बन्दको आह्वान गरेको छ । बैठकले प्रदेश टुक्र्याउने संसदमा दर्ता गरेको प्रस्तावविरुद्ध मङ्सिर २० गते जन प्रदर्शन गर्ने, आन्दोलन व्यवस्थितरुपमा सञ्चालन गर्न जिल्लाका क्रियाशील राजनितिक पार्टीका प्रमुख, नागरिक समाजका अगुवा र उद्योग वाणिज्य सङघका अध्यक्षको संयोजकत्वमा संयुक्त सङ्घर्ष समितिसमेत गठन गरेको छ । सङ्घर्ष समितिले तानसेनमा आज पनि विरोध प्रदर्शन गरेको थियो । कोणसभालाई नेपाली काँगे्रसका जिल्ला सचिव झपेन्द्र गैरे, नेकपा (एमाले)का जिला सचिव ओमबहादुर थापा, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर थापालगायतले पाल्पालगायत पहाडी जिल्ला रुकुम, रोल्पा, अर्घाखाँची, गुल्मी र प्युठानलाई पाँच नम्बर प्रदेशबाट टुक्र्याउन नहुनेमा जोड दिएका थिए । सरकारले प्रदेश नम्बर पाँचबाट पाल्पालाई अलग्याएर प्रदेश नम्बर चारमा राखेको विरोधमा शुक्रबारदेखि जिल्लामा आन्दोलन चर्किएको हो । बन्दका कारण कलकारखाना, बजार, पसल, उद्योग ठप्प हुँदा दैनिक जनजीवन कष्टकर बन्दै गएको छ ।

पाल्पा बन्द

विशेष