इतिहासमा आज

नारायाण गोपाल स्मृति दिवस

नारायाण गोपाल स्मृति दिवस

narayan-gopal-2 विसं १९९६ मा काठमाडौँको किलागलमा बुबा आशा गोपाल र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रुपमा जन्मिएका नारायण गोपालले आफ्नो जीवनभर करिब एक हजारभन्दा बढी गीतको रेकर्डिङ गरेका छन् । नारायण गोपालले गाएका गीत नेपाली चलचित्र र नाटकमा पनि प्रयोग भएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित प्रसिद्ध मुनामदनको गीतिनाट्यमा पनि नारायण गोपालले स्वर दिएका छन् ।

नारायण गोपालले आफ्नै क्षमता र योग्यताले सांस्कृतिक संस्थानको महाप्रबन्धक तथा बागिना पत्रिकाको सम्पादकसमेत भएका थिए । पछिल्लो समयमा नारायणगोपालले सूचना तथा सञ्चार मन्त्रालयमा सल्लाहकार भएर पनि काम गरेका थिए । उनको मृत्यु २०४७ साल मंसिर १९ गते अर्थात आजकै दिन भएको थियो ।

Narayan Gopal

विशेष