समाज

नेता बास्तोलाको अवस्था बुझ्न पुगेका मन्त्री निधि यसरी भए भावुक

नेता बास्तोलाको अवस्था बुझ्न पुगेका मन्त्री निधि यसरी भए भावुक

bastola मंसिर १९ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले चार बर्षदेखि अचेत अबस्थामा रहेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता चक्र बास्तोलाको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन् । भैसेपाटीस्थित आपनै घरमा उपचार गराइरहेका नेता बास्तोलासंग उपप्रधान एवं गृहमन्त्री निधिले आज भेट गरी उनको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका थिए ।

cc

उनको स्वास्थ्य स्थिति बुझ्न पुगेका मन्त्री निधि उनलाई देखेर रोएका थिए । १२ बुँदे सहमतिका बारेमा बास्तोलालाई सम्झाएका थिए । माओवादीसंगको १२ बुँदे सहमतिका क्रममा महत्वपूर्ण भूमिका निर्बाह गरेका नेता बाँस्तोला शारीरिक रुपमा असक्त हुँदा पार्टी र सिंगो मुलुकका लागि नोक्सानी भएको गृहमन्त्री निधिले बताए ।

chakra

नेता बास्तोलालाई पाइपद्धारा खाना खुवाउने व्यबस्था मिलाइएको छ । झोलिलो पदार्थका साथै नरम खानेकुरा खुवाइएको छ । घरमै आएर नर्सहरुले नियमित रुपमा उनको हेरबिचार गर्ने व्यबस्था मिलाइएको छ । नर्सहरुले हरेक दिन फिजियोथेरापी गराउने गरेका छन् । फिजियोथेरापीपछि उनलाई बिहान ९ बजे ह्वीलचेयरमा राखेर घर बाहिर डुलाउने गरिएको छ ।

चार बर्षअघि बिराटनगरमा आयोजित एक कार्यक्रममा अचेत भएपछि भारतमा उनको उपचार भएको थियो । त्यसपछि नेपालमा ल्याएर नर्भिक अस्पतालमा केही समय उनलाई घरमै राखेर उपचारको व्यबस्था मिलाइएको छ ।

Chakra Bastola

विशेष