स्वास्थ्य

२२ दिनदेखि अनसनरत डा. केसीले तोडे अनसन, १२ बुँदे सहमतिपत्रमा हस्ताक्षर

२२ दिनदेखि अनसनरत डा. केसीले तोडे अनसन, १२ बुँदे सहमतिपत्रमा हस्ताक्षर

मंसिर १९ । सरकार र डा. गोविन्द केसीबीच १२ बुँदे सहमति भएको छ । र, केसीले २२ दिनदेखि लामो अनसन तोडेका छन् ।

भूकम्पमा परेका अढाई बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले अनसन तोडेका हुन् । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा. केसीले अनसन सुरु गरेका थिए ।

उनका माग समेट्ने गरी शनिबार साँझ सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच १२ बुँदे सहमति भएको छ ।

विशेष