खेल

दुवै टोलीबाट हेड गोल– इएल क्लासिको खेल बराबरीमा टुङ्गियो

दुवै टोलीबाट हेड गोल– इएल क्लासिको खेल बराबरीमा टुङ्गियो
मंसिर–१९ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको इएल क्लासिकोमा बार्सिलोना र रियल मड्रिड बराबरीमा रोकिएको छ ।बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा रियल मड्रिड र बार्सिलोना १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि खेलको ५३ औँ मिनेटमा नेइमारको फ्रि किकमा लुइस स्वारेजले हेड मार्फत गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम समयसम्म रियललाई गोल गर्ने अवसर दिएको थिएन । तर ९० औँ मिनेटमा कप्तान सर्जियो रामोसले टिमको लागि गोल गर्दै खेल बराबरीमा रोके । उनले पनि लुका मोड्रिकको फ्रि किकमा हेडमार्फत नै गोल गरेका हुन् । बराबरीपछि लिग लिडर रियल मड्रिडले बार्सिलोनासँग ६ अंकको दूरी कायम राखेको छ । रियलको १४ खेलबाट ३४ तथा दोस्रो स्थानको बार्सिलोनाको समान १४ खेलबाट २८ अंक छ ।

Barcelona el classico Real Madrid

विशेष