खेल

सिटीमाथि चेल्सीको जित, अग्युरो र फर्नानडिन्होलाई रेड कार्ड

सिटीमाथि चेल्सीको जित, अग्युरो र फर्नानडिन्होलाई रेड कार्ड
मंसिर–१९ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीमाथि जित हात पारेको छ । शीर्ष स्थानको चेल्सीले म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको हो । यसका साथै लगातार आठौं जित निकालेको चेल्सीले अंक दूरी पनि बढाएको छ । ४५ औँ मिनेटमा चेल्सीका ग्यारी काहिलले आत्मघाती गोल गरेपछि सिटीले पहिलो हाफमा १–० अग्रता पाएको थियो । दास्रो हाफमा चेल्सीको लागि ६० औँ मिनेटमा डिएगो कोस्टाले बराबरी गोल फर्काएका थिए । त्यसपछि ७० औँ मिनेटमा विलियन र ९० औँ मिनेटमा इडन हजार्डले गोल गरेपछि चेल्सीले ३–१ को जित हात पार्न सफल रह्यो । उक्त खेलको इन्जुरी समयमा भने केही तनाव उत्पन्न भएको थियो । खेलमा अग्युरोले डेजिड लुइजलाई समातेपछि दुवै टिमका खेलाडीबीच तनाव उत्पन्न भएको थियो । सो कारण अग्युरो र फर्नानडिन्होले रातो कार्ड खाँदै खेल मैदानबाट बाहिरिए । जितपछि शीर्ष स्थानमा रहँदै चेल्सीले १४ खेलबाट ३४ अंक बनाएको छ भने म्यानचेस्टर सिटी १४ खेलबाटै ३० अंकका साथ चौथो स्थानमा छ ।

chealsea manchester city Premier League

विशेष