न्युजिल्याण्डविरुद्ध अष्ट्रेलिया ६८ रनले विजयी
मंसिर–१९ । अष्ट्रेलियाले न्युजिल्याण्डसँगको पहिलो एकदिवसीय प्रतियोगितामा ६८ रनको जित हात पारेको छ ।
सिड्नीमा आइतबार भएको खेलमा अष्ट्रेलियाले दिएको ३ सय २५ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड ४४.२ ओभरमा २ सय ५६ रनमै अल आउट भयो ।
टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २४ रन बनाएको थियो । अष्ट्रेलियाका स्टेभेन स्मिथले सर्वाधिक १ सय ६४ रन बनाए भने म्याथु वेडले ५२ रन जोडे । न्युजिल्याण्डका लागि म्याट हेनरी, ट्रेन्ट बोल्ट र नीशमले २–२ विकेट लिए भने लोकी फर्गुसनले १ विकेट आफ्नो नाममा गरे ।
यता न्युजिल्याण्डको लागि पनि मार्टिन गुप्टिलले १ सय १४ रन बनाए पनि कोलि मुन्रोले ४९ रन बाहेक अन्यले दोहोरो रन बटुल्न सकेन । अस्ट्रेलियाका लागि जोश हेजलऊडले ३, मिचेल मार्श, एडम जाम्पा र प्याट कमिङ्सले २–२ अनि मिचेल स्टार्कले १ विकेट लिए ।
१६४ रन बनाएर अस्ट्रेलियालाई जिताएका स्मिथ म्यान अफ द म्याच भएका छन् । ३ खेलको श्रृखंलामा दास्रो खेल भने डिसेम्बर ५ अर्थात् पर्सी हुनेछ ।
Australia
Cricket
new zealand
odi