बोल्न आउँदैन भनेर खिसि गर्नेहरुलाई कंगनाको यस्तो जवाफ
एजेन्सी — बलिउडकी चर्चित अभिनेत्री कंगना रनौटले आफूलाई अंग्रेजी बोल्न नआएर बनेका हल्ला र मजाकबारे मुख खोलेकी छिन् । भारतको सानो शहर हिमाचल परदेशकी कंगनालाई बलिउडको सुरुवाती दिन निकै कष्कटकार रह्यो ।
बलिउडमा सुरुवात दिनको दौरानमा उनलाई अंग्रेजी बोल्न नआएर गिज्याउने र उनले लगाएको लुगामा हँसीमजाक उडाउने धेरै थिए ।
कंगना आफूलाई आफू आएको ठाउँबारे बोल्न कत्ति पनि लाज नलाग्ने बताउँछिन् । मानिसहरुले आफ्नाबारेमा जति पनि नराम्रा कुरा काटे पनि आफूलाई केही फरक नपर्ने कंगनाको भनाई छ ।
कंगना भन्छिन्, ‘मलाइ आफू जन्मिएको ठाउँलाई लिएर कुनै गुनासो छैन । मानिसहरुले मलाई सानो शहरबाबट आएको। अंग्रेजी बोल्न नजान्ने भनेर गिज्याउथे तर त्यसले मलाई कत्ति पनि छोएन । किनकी म आफ्नै काममा लागि रहन्थे । काममा निरन्तर लाग्दा मेरा बारेमा गरिने यस्ता कुरा आफै बिलाएर गए ।’
२९ वर्षी कंगना महिलाले सर्वप्रथम आफूलाई विश्वास गर्नुपर्ने बताउँछिन् । कंगना सानै उमेरमा घरबाट भागेर फिल्ममा काम गर्न मुम्बाई आएकी थिइन् ।
kangn ranaut