विचार

अमेरिका गएँ, ऋण तिरेँ, मैले के बिराएँ ? मन्त्रीको लाइनमा रहेका नेत्रलालको बयान

अमेरिका गएँ, ऋण तिरेँ, मैले के बिराएँ ? मन्त्रीको लाइनमा रहेका नेत्रलालको बयान

netralal ‘देश छोडेर जाने अनि देशकै चिन्ता किन नि ? हामीले संसद्मा बोल्न पठायौं, यहा त फेसबुकमा बोल्नुहुन्छ त ? हामीले चुनाव जिताएर पठायौं, बीचैमा छोडेर हामी सल्यानीलाई हराउनुभयो यहाले । देशको माया नभएकालाई देश शब्द उच्चारण गर्ने अधिकार पनि छैन । सांसद भइसकेको मान्छे अमेरिकामा कुल्ली हुन जानुभयो । आफ्नो बेइज्जत त गर्नुभयो गर्नुभयो, देशकै नाक काट्नुभयो ।’

०६१ पुसमा अमेरिका गएपछि मलाई प्राप्त भइरहेका अनेकन् प्रतिक्रियाका प्रतिनिधि हुन् यी । कतारमा रहेका एक सल्यानी युवाले हालसालै मलाई त्यहीबाट माथिकै जस्तो मेसेज गर्नुभयो । केही पत्रिकाले ‘पेट्रोल पम्पमा काम गर्दै सांसद’ पनि लेखेकै हुन् । कतिलाई के–के उत्तर दिनू, म चुपचाप बसेँ । दुई–चार पंक्ति लेखेर उहाहरूको चित्त नबुझ्ने (खासमा त मेरै चित्त पनि नबुझ्ने), म धेरै लेख्न नभ्याउने, नजान्ने । आज म यस लेखमार्फत सम्बन्धित सबैलाई जवाफ दिने प्रयास गर्छु ।

द्वारिकालाल श्रेष्ठ नामका एक जना तन्नेरी काठमाडौं मखनटोलबाट सल्यान पुग्नुभएछ । हाल मालपोत अड्डाले गर्ने जस्तो अड्डामा काम गर्न उहाँ महिनौं हिँडेर सल्यान पुग्नुभएको रहेछ । सल्यानकै युवतीसँग उहाँको  माया बसेछ । त्यहीँ  बिहे पनि गर्नुभएछ । तर, श्रीमान् द्वारिकालाल बित्दा श्रीमती गर्भवती हुनुहुँदो रहेछ । उहाँहरूको कोखबाट एक बालकको जन्म भयो । ती बालक अलि ठूलो भएपछि बुबाको परिवार–पुर्खा खोज्न काठमाडौं आउन खोज्नुभएछ । तर, आफ्नो एउटा मात्र छोरो महिनौं हिँडेर काठमाडौं जाँदा  फर्केर आउने हो कि होइन भन्ने डरले आमाले छोरालाई काठमाडौं आउन दिनुभएन । ती बालकको पनि सल्यानमै बिहे भयो ।

उहाँहरुबाट  आजभन्दा ६१ वर्ष पहिले जन्मेको हो, नेत्रलाल श्रेष्ठ । सल्यानबाट काठमाडौं मखनटोलमा आएर धेरै सोधपुछ गरियो तर पितामह–पुर्खा पत्ता लागेन । बाजेका नाममा कहिलेकाहीँ सल्यानमा चिट्ठी जान्थ्यो रे । तर, निरक्षर हजुरआमाले ती संकलन गरेर राख्नुभएन । यसरी मेरा बाजेकै बाआमा, दाइभाइ, दिदीबहिनीबारे कहिल्यै केही थाहा हुन सकेन हामीलाई ।

मैले पढेको सल्यानकै पहिलो विद्यालय त्रिभुवन माध्यमिक विद्यालयमा अंग्रेजी सर एवं हेडसर हुनुहुन्थ्यो, मरीचमानसिंह श्रेष्ठ । अहिले घरीघरी सम्झिँदा  लाग्छ, टोलमै मरीचमानको घर, विद्यालयमा उहाँ  शिक्षक नभइदिएका भए म राजनीतिमा आउँदिनथिएँ  होला । र, के पनि लाग्छ भने उहाँ पञ्चायत समर्थक नभइदिएका भए म पनि पञ्चायत समर्थक हुन्न थिएँ“ होला कि ? खैर, गीतै छ नि, सोचेजस्तो हुन्न जीवन । यसमा अलिकति थपौं, जस्तो संगत उस्तै हुन्छ जीवन...।

मेरो बुबा नजन्मिँदै  हजुरबुबा बित्नुभएकाले हाम्रो आर्थिक अवस्था गतिलो थिएन/भएन । एसएलसी पास भएपछि पढाइभन्दा पनि जागिर खानैपर्ने भयो मलाई । म भूमिसुधारमा सहायक लेखापाल भएर दुई वर्ष जाजरकोटमा बसेँ । मेरो मासिक तलब १ सय ९५ रुपियाँ थियो । मलाई राजनीतिको नशा लागिसकेको रहेछ । जागिर छोडेर सल्यान आएँ , सानोतिनो पसल गर्न थालेँ । मरीचमानको चुनाव प्रचारमा हिँडेँ । ०३३ सालमा वडा सदस्य चुनिएँ । ०३९ मा पञ्चायतको युवक संगठनमा सदस्य हुदै पछि जिल्ला सभापति पनि भएँ । ०४२ मा चुनाव भएपछि म जिल्ला पञ्चायतको उपसभापति भएँ  भने मेरा हेडसर मरीचमानचाहि“ हेडमिनिस्टर हुनुभयो । म जिल्लामै राजनीतिमा सक्रिय रहेँ। प्रधानमन्त्री मरीचमान र मबीच जिल्लाको विकास निर्माणका सन्दर्भमा बिस्तारै असमझदारी बढ्दै गयो । ०४३ मा देशभरिका हामीजस्तालाई बोलाएर बालुवाटारमा भोज आयोजना गर्नुभएको थियो तर म गइनँ । त्यसपछि उहाँ  प्रधानमन्त्री हुन्जेल मैले बालुवाटार टेकिनँ  । खलंगा—लक्ष्मीपुर सडक मेरै पहलकदमीमा निर्माण भएको हो, म अध्यक्ष थिएँ । त्यति लामो बाटो १ हजार ५ सय क्विन्टल खाद्यान्नले निर्माण पूरा भएको हो । पछि मैले प्रधानमन्त्रीलाई भनेँ , ‘पाच हजार क्विन्टल खाद्यान्न जोहो गरिदिनूस् लक्ष्मीपुरदेखि कालीमाटी हुँदै  दाङसम्म बाटो जोड्छु ।’ तर, उहाँले ले चासो दिनुभएन ।

पञ्चायतकालमा जिल्लामा हर्ताकर्ता मै थिएँ । शिक्षक नियुक्ति गर्ने फाइल मसगै हुन्थ्यो । ‘मलाई, मलाई’ भन्दै धेरै आउँथे  । तर, मैले योग्य छ भने मात्रै नियुक्ति दिएँ । त्यतिबेला अञ्चलाधीशले भनेका पनि हुन्, ‘नेत्रलालजी  दाङमा जग्गा लिनूस्, दुई हजार रुपियाँ बिघा छ तुलसीपुर बजारमै ।’ तर, मेरो सोच नै के थियो भने बैंकमा एउटा खाता पनि खोल्दिनँ  र एक धुर जग्गा पनि जाडदिनँ  । त्यतिबेला मैले नियुक्त गरेकाथुपै शिक्षकसँग  सोधे थाहा भइहाल्छ, जागिर लगाइदिएबापत कसैको एक पैसा लिइनँ , एक कप चिया पनि पिइनँ  मैले ।

सदरमुकाम भएको २ नम्बर क्षेत्रमा उठ्न चाहन्थेँ म, ०४८ मा । तर, मरीचमानज्यू आउनुभयो त्यस क्षेत्रमा । पछि म १ नम्बर क्षेत्रबाट उठ्न बाध्य भएँ । उहाँ उठ्ने भएपछि २ नम्बर क्षेत्रमा व्यापक हुलदंगा भयो ।

दाङबाट २०-२५ गाडी गए, सल्यान । उता मरीचमानसँग  आफ्नो कटुता छ, यता १ नम्बर क्षेत्रमा ‘मरीचमानको मान्छे’ भनेर आलोचित भएँ । स्थिति यति प्रतिकूल भयो कि दुवैको हार भयो । ०५१ मा पनि उहाँ आउन खोज्नुभएको थियो, पछि आउनुभएन । ०५२ मा माओवादी सशस्त्र संघर्ष सुरु भयो । माओवादीसँग  मेरो कुनै कार्यगत, चुनावगत एकता भएको पनि होइन तर ०५६ को चुनावमा गाउँगाउँ निर्धक्क डुलेँ । मलाई लाग्छ, मैले कसैको एक पैसा खाएको थिइनँ  । घिउ ल्याएर घरमा आउनेलाई ‘नेवारले घिउ खान्छ ?’ भनेर फर्काइदिन्थेँ । ममाथि माओवादीले केही आरोप लगाउन सकेन, कहिल्यै लगाएन पनि । हुनलाई म राजावादी थिएँ (त्यसबेला अरू पार्टी पनि राजावादी नै थिए) तर मेरो जीवनशैली समाजवादी नै हो । ०५६ मा आएर बल्ल चुनाव जितेँ  । श्रीसम्पत्ति केही थिएन । जोड्नलाई त मेरो आयस्रोत पनि हुनुपर्‍यो । चुनावमा मैले केही खर्च गरिनँ  । प्रचारमा हिँडनेहरूलाई खुवाउन पनि मसँग पैसा थिएन । तर, भाग्यवश मैले जितेँ  ।

चुनाव जित्नेबित्तिकै हेलिकप्टरमा हालेर काठमाडौं ल्याइयो । विजय जुलुसमा सहभागी हुन पनि सकिनँ  । मतदातालाई धन्यवाद ज्ञापन गर्न पनि सकिएन । जिल्ला जानुपर्दा पनि हेलिकप्टरमै । चुनावअघि जता पायो त्यतै निष्फिक्री डुल्ने म पछि खलंगामै खुम्चिएँ  । माओवादीसँग म उति डराउँदिनथेँ तर प्रशासन, पार्टी, परिवार मलाई टाढा हिड्न दिदैनथे । राप्रपाबाट जित्ने हामी ११ जना मात्र थियौं । संसदीय दलमा मेरो भाउ पनि हुने नै भयो । म संसदीय दलको सचिवमा छानिएँ ।

काठमाडौंको बास हुने भयो । मासिक १५ हजार दिइने रहेछ सांसदलाई । बिरामी, डेरा यताउता गरेर मासिक २५ हजार । ‘माननीयज्यू’ भन्दै भेट्न आउनेलाई ख्वाउनै–बसाउनै पर्‍ यो । छोराछोरीलाई पढाउनैपर्‍यो । डेरा भाडा तिर्नैपयो । मेरो त बेहाल हुन थालिसक्यो । उता जिल्लामा चाहेर पनि केही गर्न नसकिएको थकथकी छदै थियो ।

०५९ मा संसद् विघटन भएपछि स्थिति झनै प्रतिकूल भयो । ऋणमाथि ऋण थपियो । म निकै तनावमा थिएँ । मेरा तीन छोरा । छोराहरूको पढाइ शुल्क तिर्नै मुस्किल हुन थाल्यो । डेराबाट पनि सरिरहन पयो ।

सूर्यबहादुर थापाको मन्त्रिपरिषद्मा मन्त्री बनाइदिने आश्वासन पनि पाएको थिएँ  तर म के आकलन गर्थें भने राजाको सक्रियता पनि धेरै दिन टिक्दैन । भरपुर फाइदा लिन खोज्ने आसेपासेहरूले बिगार्छन् भन्ने लाग्थ्यो । राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग पनि मेरो पटकपटक भेट भएकै हो । वीरेन्द्रमा कांग्रेसप्रति साह्रै असन्तुष्टि थियो । कतिसम्म भने माओवादीले कांग्रेसमाथि गरेको प्रहार वीरेन्द्रलाई चित्त बुझेको थियो । उनी त माओवादी र आफू मिलेर भए पनि कांग्रेसलाई साइजमा ल्याउन सकिन्छ कि भन्ने पनि सोच्थे ।

संसद् विघटन हुनेबित्तिकै म अमेरिका गएको होइन । विघटनको अढाई वर्षपछि ०६१ पुसमा गएको हुँ । ‘अमेरिका जान्छु’ भनेर मैले कसैलाई थाहा दिइनँ । ‘एक लाख रुपैयाँ चाहिएको छ’ भनेर दाइसित लिएँ । अमेरिका उड्ने अघिल्लो दिन मात्र श्रीमतीलाई भनेँ । रातभररोयौं। अंग्रेजी भाषा र अमेरिकी प्रविधिमा कमजोर मैले त्यहाँ  के गर्नु र

ग्यास स्टेसनमा काम गरेँ । म्यागेजिन स्टोरमा पनि काम गरेँ । सांसदभइखाएको मान्छे, आज म कसरी यस्तो ठाउँमा  आइपुगेँ भनेर रुन्थेँ। नेपालमै छोडी आएका छोराछोरीको भविष्य र श्रीमतीको वर्तमान कल्पेर म पागलझै हुन्थेँ  ।

म उता हिँडेको  एक महिनामै राजाले यता सत्ता हातमा लिए । वडा सदस्य पनि जित्न नसक्नेहरू मन्त्री भए । फाइदा लिए । संसद् पुनःस्थापित भएपछि मलाई पशुपतिशमशेरले फोन गरेर आइज कि आइज भन्नुभयो तर म आइनँ  । ‘गयल सांसद’ भनेर मेरो नाम आइरहँदो  रहेछ, कामले त्यो हेर्ने फुर्सद पनि हुन्नथ्यो मलाई । अहिले सम्झिँदा  मलाई जिन्दगीमा गल्ती गरिएछ जस्तो लाग्छ । मलाई कांग्रेस, माले (पछि एमाले)ले हाम्रो पार्टीमा आइज, हाम्रो चिह्नबाट चुनाव लड् भनेर धेरै कर गरेका हुन् सुरुमा । म मरीचमानको लिगेसीका कारण त्यता लाग्न सकिनँ  ।साँघुरो बाटोको यात्रा गरियो, गन्तव्य नै लघु भइदियो ।

कतारको मरुभूमिमा पसिना चुहाइरहेका सल्यानका प्रिय मित्र  के तपाईं रहरले त्यहाँ  पुग्नुभएको हो र ? पक्कै होइन नि  सांसद भइसकेको मान्छे अमेरिका भासिन त मलाई पनि रहर थिएन । तपाईंका जस्तै मसँग  पनि आश्रित ससाना सन्तान र परिवार थियो । अझ त्यसभन्दा बढी शुभचिन्तक नेता–कार्यकर्ता पंक्ति थियो । सांसद भइसकेको मान्छे, राजाको जगजगी भएका बेला बेइमानी गरेर म सजिलै धनी हुन पनि सक्दो हुँ  । तर, मलाई दलाली, ठगी र तस्करी सधै अस्वीकार्य रह्यो ।

आत्मा बेचेर धनी हुनुभन्दा श्रम बेचेर धनी हुन चाहे, मैले केबिराएँ ! पुनःस्थापित सांसद भएर पनि आफ्नो निर्वाचन क्षेत्रमा केही गर्न सक्ने हैसियतमा थिइनँ  ।

मित्र ! एक कार्यकाल सांसद/मन्त्री भएर कसरी बंगलाहरू ठड्याउन सकिन्छ ? एउटा सानो चुनाव जित्न करोड रुपिँया सम्म खर्च गर्न सक्ने स्रोत के हो र अकूत खर्चको असुल कोबाट कसरी भइरहेको छ ? जसरी तपाईं अभावको तनावले परदेशमा कठोर श्रम गर्न बाध्य हुनुभयो, म पनि उसैगरी बाध्य भए । स्वदेशमै पेट्रोल पम्पमा श्रम गर्न पनि सकिन्थ्यो होला तर मेरो ऋण यति सजिलै यति छिटो चुक्ता हुने थिएन । जुन दिन सांसदको लोगो निकालेर म त्यता उडेँ, के मेराआँखा ओभाना भए होलान् ? अमेरिकामा एउटा राजावादी घन्टौ“ श्रम गरिरह“दा यहा राजाको प्रत्यक्ष शासन थियो, मजस्ता राजावादीहरूका लागि सधै“ दसै“ नै थियो यता । फर्केर आएर चाकरी बजाएको भए त्यो अवसर मैले पनि पाउथे होला कि

मलाई कुल्ली भन्नूस् वा हली, मलाई गर्व छ । आनन्द केमा रहेछ भने जब तपाईं कसैलाई नठगेर श्रम गरेर खानुहुन्छ । नेता हु“ भन्ने भ्रम त्यागेर जब मैले श्रम अगाले, खुसी भए ।

नेपाल साप्ताहिकबाट

Netra Lal Shrestha

विशेष