समाज

मकवानपुरमा आपत्कालीन विमानस्थल बनाइने

मकवानपुरमा आपत्कालीन विमानस्थल बनाइने
मंसिर–२० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले देशभित्र रहेका विभिन्न पीठको संरक्षण र प्रवद्र्धन गरेर धार्मिक पर्यटक भित्र्याइने बताएका छन् । नारायणी यातायात व्यवसायी सङ्घ र निर्माण व्यवसायी सङ्घले साेमबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले पशुपतिनाथ र लुम्बिनीलाई मात्र नहेरी ओझेलमा परेका पीठको संरक्षण र विकासमा विशेष भूमिका निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरे । मकवानपुरमा आपत्कालीन विमानस्थल बनाउन उपयुक्त रहेकाले सम्भाव्यता अध्ययनका लागि छिट्टै प्राविधिक टोली खटाइने जानकारी उनले दिए । रासस

पीठको संरक्षण र प्रवद्र्धन राज्यमन्त्री इन्द्रबहादुर बानियाँ

विशेष