खेल

भलिबल प्रतियोगिता सम्पन्न

भलिबल प्रतियोगिता सम्पन्न
मंसिर–२० । योङ स्टार क्लबको आयोजनामा भएको सातौँ भलिबल प्रतियोगिता साेमबार सम्पन्न भएको छ । हुम्ला जिल्लाका २७ मध्ये २३ गाविसले प्रतियोगितामा भाग लिएकामा दामा गाविस विजयी भएको थियो । प्रजिअ डा कृष्णबहादुर घिमिरेले दामा गाविसका खेलाडीलाई प्रथम पुरस्कारस्वरुप रु ५० हजार, पदक र प्रमाणपत्र, द्वितीय सायाँ गाविसलाई रु २० हजार र प्रमाणपत्र र तृतीय सिमकोट गाविसलाई रु १५ हजार प्रमाणपत्र प्रदान गर्दै हरेक राष्ट्रिय खेलमा भाग लिन जिल्लाका खेलाडीसँग आग्रह गरे । महिलातर्फ प्रथम हुने बालमन्दिर ‘ए’, द्वितीय हुने बालमन्दिर ‘बी’ र तृतीय वरगाउँ र बराह संस्था समेतलाई रु १० हजारदेखि रु १५ हजारसम्म पुरस्कार वितरण गरिएको थियो । रासस

सातौँ भलिबल प्रतियोगिता हुम्ला

विशेष