सलमान र साहरुखको सम्बन्धमा नयाँ आयाम


मंसिर २० । बलिउडमा यदि शत्रुहरुको नाम लिइयो भने अभिनेता साहरुख खान र सलमान खानको नाम छुट्दैनथ्यो । अहिले यी दुईले दर्शकलाई चकित पारिदिएका छन् । अर्थात, यी दुई अहिले सबैभन्दा नजिकका मित्र भएका छन् । सामाजिक सञ्जालमा एक अर्काको फिल्मको प्रचार खुलेर गरेको देख्दा दुई अभिनेताबीच राम्रो मित्रता कायम भएको बुझिन्छ । आइतबार आयोजित एक अवार्ड सोमा एकसाथ कार्यक्रम सञ्चालन गरेपछि यो मित्रतले अहिले बलिउड तताएको छ । उनीहरुको मित्रतामा थपिएको नयाँ आयामले दर्शक अचम्मित छन् । रेड कार्पेटमा पनि सँगै देखिएका यी दुईले मिडियासँग मित्रताबारे कुरा गरे । यसबारे बोल्दै साहरुखले सलमान आफ्ना भाई भएका र दाजुभाइमा कहिलेकाहीँ आएको उत्तर चढावलाई मिडियाले नै ठूलो बनाइदिएको बताए । एजेन्सी
सलमान खान साहरुख खान