Technology

अब विदेशबाट अवैध रुपमा भित्रिएका मोबाइल फोनलाई मान्यता दिइने

अब विदेशबाट अवैध रुपमा भित्रिएका मोबाइल फोनलाई मान्यता दिइने
nepal-mobiel-accociation-1jpg मंसिर - २० ।  नेपालमा पहिलो पटक आधिकारिक रुपमा मोबाइल फोन आयत गर्ने समुदायको छाता संगठन मोबाइल फोन इम्पोर्टस एसोशिएसनको दर्ता भएको छ । मोबाइल फोन इम्पोर्टस एसोशिएसन रेजिइस्टड कार्यालय र समाज सेवा परिसद्मा विधिवत रुपमा दर्ता भएर कार्यसम्पादन सुरु गरेको हो । आइतवार लाजिम्पाटको र्याडिसन होटलमा एक कार्यक्रमकाबीच मोबाइल फोन इम्पोर्टस् एसोसियसनले आधिकारीक रुपमा काम सुरु गरेको जानकारी दिइयो । नेपालका लागि सामसुङ मोबाइलका आधिकारिक विक्रेता आईएमका अध्यक्ष दीपक मलहोत्राले व्यापारिक चुनौती आफैले हल गरेपनि व्यावसायिक चुनौतीप्रति संवेदनशील भई अनुगमन गर्ने निकायसँग मिलेर काम गर्नुपर्ने मूल उद्देश्यले मोबाइल फोन इम्पोर्टस् एसोसिएसन गठन भएको बताए । उनका अनुसार यस क्षत्रलाई मर्यादित र जिम्मेदार बनाउने र बजारमा नक्कली तथा अबैध आयात रोक्न सम्बन्धित निकायलाई धयानाकर्षण गर्ने यस संगठनको प्रमुख उद्देश्य रहेको छ । ‘महत्वपूर्ण कुरा त के भने, विदेशबाट अवैध रुपमा स्मार्टफोन ल्याए नेपाल दुरसञचार प्राधिकरणले आइएमआइ नम्बर हेरेर बन्द गर्ने कार्य सुरु गरेको छ,’ अध्यक्ष मलहोत्राले भने, ‘त्यसका लागि प्राधिकरणले मोबाइल फोन इम्पोर्टस् एसोसियसनसँग छलफल गरिरहेको छ ।’ एनसेल नेपाल दुरसञ्चार प्राधिकरणले नयाँ नियम मान्न तयार अवस्थामा छ भने टेलिकमले प्राविधिक समस्या देखाउँदै केही समय माग गरेको उनले बताए । उनका अनुसार टेलिकमको उक्त समस्या सुल्टिए अबको ३ महिना पछि अवैध रुपमा भित्रिएका स्मार्टफोन ब्लक हुनेछन् । अवैध रुपमा भित्रिएका फोनलाई छुट दिने गरी दुरसञ्चार प्राधिकरणले चलाउन दिने तयारी रहेकाले अब भित्रिएका मोबाइल फोनलाई मान्यता दिइने अध्यक्ष मलहोत्राले बताएका छन् । दुरसञ्चार प्राधिकरणले नयाँ नियम लागू गरेपछि त्यसपछि भित्रिएका स्मार्टफोन बन्द हुने उनले बताए । उनको अनुसार, विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइएको या कसैबाट उपहार पाएका मोबाइलको आइएमइआइ नम्बर उल्लेख भएको भ्याट बिल देखाएर नेपालमा चलाउन सकिनेछ । nepal-mobile-accociation नेपालका धेरै युवा विदेशमा भएकाले उनीहरुले ल्याएका मोबाइल फोनलाई मानयता दिने मलहोत्रले बताए । तर, व्यक्तिगत प्रयोजनका लागि ल्याएका फोनहरुमा भने रोक लगाउन नमिल्ने उनको भनाई छ । त्यस्तै विदेशबाट धेरै स्मार्टफोनहरु ल्याएर नेपालमा बेच्नेहरुका लागि यो नियम लागू हुने छैन । यसरी व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउन दिएपछि विकृति भित्रिने डर भएपनि त्यसको सामाधान गर्न आफूहरु तयार भएको मलहोत्राले अवगत गराए । विदेशी पर्यटकहरुको हकमा उनीहरुले नेपालमा फोन सञचालनका लागि फारम भर्नुपर्ने हुन्छ । मलहोत्राका अनुसार त्रिभूवन विमानस्थलको अध्यागमन काउन्टरमा एउटा काउन्टर थप गरिने र त्यहाँ पर्यटन कति दिन बस्ने हो सोहीअनुसार फारम भरेपछि त्यत्ति नै दिन उनहिरुले मोबाइल फोन चलाउन पाउनेछन् । उक्त कार्यक्रममा नेपालभर ४ हजार स–साना व्यापारी र उनका परिवारहरु मोबाइल फोनको क्षेत्रमा आश्रित रहेको जानकारी दिइयो । त्यसै गरी संगठनको मातहतमा रहेर ३२ सय युवाहरुले रोजगारी प्राप्त गरिहेका मध्ये ४० प्रतिशत भन्दा वढी महिला रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । गत आर्थिक वर्ष २०७२ ७३ मा यस संघका सदस्य मूल्य अभिवृद्धी कर बापत १ खर्ब ३५ करोड, संस्थागत आयकार बापट २० करोड र अन्य अप्रत्यक्ष करहरुबाट २ खर्ब राजस्व राज्यलाई प्राप्त भएको मोबाइल फोन इम्पोर्टस एसोशिएसनले जानकारी दिएको छ । त्यस्तै यो वर्ष २० देखि २५ प्रतिशतले कर वृद्धि हुने उक्त संगठनको अनुमान छ ।

दीपक मलहोत्रा दुरसञचार प्राधिकरण मोबाइल फोन इम्पोर्टस एसोशिएसन

विशेष