समाज

बंगलामुखी माईमा विशेष पूजा हुने

बंगलामुखी माईमा विशेष पूजा हुने
laxmi-naryan-kapali-1
मंसिर - २० । हिन्दू धर्मावलम्बीहरुको दर्शनको केन्द्र मानिने पाटनस्थित बंगलामुखी माईमा विशेष पूजाआजा गरिने भएको छ । भोलि मंगलबारका दिन विहन साढे ४ बजेदेखि बेलुकासम्म पूजा हुन लागेको हो । बंगलामुखी माईको मन्दिरका भक्तजनहरुको विशेष अनुरोधमा पूजा गर्न लागिएको मन्दिरका पुजारी लक्ष्मीनरायण कपालीले जानकारी दिए । उक्त कार्यक्रमा प्रमुख अथितिको रुपमा रक्षामन्त्री बालपुष्प खाद उपस्थित हुन पुजारी कपालीले नेपाल अाजलाई बताए । पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बगलामुखी माई कुम्भेश्वर मन्दिर परिसरमा छ । तन्त्रशास्त्रअनुसारका दस महाविद्यामध्ये बगलामुखी पनि एक हुन् । बिहीबार विशेष भीड हुने बगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्धि हुने विश्वास गरिन्छ ।

पाटन बंगलामुखी माई

विशेष