समाज

चौध महिनामा तीन निर्वाचन : उपराष्ट्रपति पुन

चौध महिनामा तीन निर्वाचन : उपराष्ट्रपति पुन
मंसिर–२० । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी १४ महिनाभित्र नेपालमा तीनवटा निर्वाचन गरी संविधानको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उत्तरी धादिङको खहरेस्थित अचने उच्चमाविको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले संविधानको कार्यान्वयन गर्न स्थानीय, प्रदेश र सङ्घको निर्वाचन गरी देशलाई निकास दिनुपर्नेमा जोड दिए । समृद्ध नेपाल निर्माण अहिलेको मुख्य एजेण्डा भएकाले पार्टीगत स्वार्थभन्दा माथि उठेर दलीय सहमतिमा देशलाई निकास दिन राजनीतिक दलहरूलाई उपराष्ट्रपति पुनले आग्रह गरे । गत वर्षको भूकम्पबाट धादिङ जिल्ला ध्वस्त भएकाले पुनःनिर्माणमा जोड दिँदै यस वर्षभित्र सबै नागरिकको घर बनाउने व्यवस्था गर्नका लागि जिल्लास्थित सम्बन्धित निकायलाई आग्रहसमेत गरे । रासस

उपराष्ट्रपति संविधान कार्यान्वयन

विशेष