संविधान संसोधन प्रस्तावको विरोधमा बर्दियामा प्रदर्शन

मंसिर – २० । सरकारले संबिधान संसोधन प्रस्ताव दर्ता गरेको विरोधमा बर्दियाको सदरमुकाममा सोमबार विरोध र्याली गरिएको छ । प्रदेश नं ५ लाई टुक्रयाउन दर्ता गरीएको प्रस्ताव दर्ताको विरोधमा प्रदर्शन गरिएको हो ।
प्रस्ताव दर्ताको विरोधमा नेकपा एमाले बर्दिया, नेकपा माले, राष्ट्रिय जनमोर्चा बर्दिया, उद्योग व्यापार महासंघ, नागरीक समाज सञ्जाल बर्दिया, स्थानीय व्यापारी लगाएतकाले नेपालको राष्ट्रिय झण्डा बोकेर नारा जुलुस गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा संविधान संसोधन प्रस्ताव तुरुन्त फिर्ता लिनुपर्ने, स्थानीय तहको पुर्नसंरचनाको टुगो तुरुन्त लगाउनु पर्ने, स्थानीय तहको निर्वाचन छिट्टो गर्नुपर्ने, संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने, तोकिएको समयसीमा भित्र तिनै तहको निवाचन गर्नुपर्ने, सामाजिक साँस्किृतिक ऐक्यवद्धता र सद्भाव नखल्बल्याउनसमेत माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि झण्डै एक घण्टा चक्का जाम गरिएको थियो । सरकारले माग पुरा नगर्दासम्म विरोधको कार्यक्रम जारी राख्ने नेकपा एमाले बर्दियाका सचिव शालिकराम अधिकारीले बताए ।
नेकपा एमाले लगाएतले गरेको विरोध जुलुसको ऐक्यवद्धता जनाउँदै सदरमुकाम गुलरियामा रहेका पसल व्यवसायीहरुले पनि स्वस्फुर्त रुपमा पसल बन्द गरेका थिए ।
- भावुक योगी/ बर्दिया नेकपा एमाले बर्दिया संविधान संसोधन


- भावुक योगी/ बर्दिया नेकपा एमाले बर्दिया संविधान संसोधन