मुख्य समाचार

तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

nidhan मंसिर २१ । भारत तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन भएको छ । चेन्नईको अपोलो अस्पतालले प्रेस विज्ञप्ति निकाल्दै सोमबार राति पौने १२ बजे निधन भएको जनाएको हो ।

६८ वर्षिया जयललिताको स्वास्थ्यमा समस्या देखिएपछि गएको सेप्टेम्बर २२ तारिखमा अस्पताल भर्ना गरिएको थियो । गएको आइतबार हृदयघात भएपछि जयललितालाई आइसियुमा राखेर उपचार थालिएको थियो । अपोलो अस्पतालमा आइतबारदेखि नै शुभेच्छुकको भिड लागेको छ । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

जयललिताले चार पटकसम्म मुख्य मन्त्रीको पद सम्हालेकी थिइन । उनले एक सय ४० वटा चलचित्रमा अभिनय पनि गरेकी छन् । १९४८ फब्रुअरी २४ मा जन्मिएकी जयललिताले सन् १९८२ मा राजनीतिमा प्रवेश गरेकी थिइन ।

८ पटक विधानसभा तथा एक पटक राज्यसभाको चुनाव लडेकी उहाँ ५ पटक तामिलनाडुको मुख्यमन्त्री बनेकी हुन् । उनी पहिलो पटक सन् १९९१ मा तमिलनाडुको मुख्यमन्त्री बनेकी थिइन ।

Jalalita

विशेष