मनोरञ्जन

यी नायिका जसलाई मन पर्दैन बलिउडका कुनै पनि नायक

यी नायिका जसलाई मन पर्दैन बलिउडका कुनै पनि नायक
pariniti बलिउडमा रिलेसनसीपलाई लिएर गसिप बन्नु नालोे होइन । कुनै नायिका कसैलाई दोहोर्याएर काम गर्छिन भने त अफेयसको लख काट्नका लागि सजिलो प्रमाण हुन्छ । परिणीती चोपडालाई फिल्म ‘लेडिज भर्सेस रिक्की बहल’ मा ब्रक दिएका थिए मनिष शर्माले । उनै निर्देशकले परिणीति र मनीषबीचको हल्ला चलाए । कुै पनि एक्टरसँग अफेयर्स हुने छैन भन्ने स्टेटमेन्ट दिएपछि परिणीति झनै निर्दैशकसँग जोड्न थालिएको थियो । तर हालै करण जौहरको कफी विथ करण टक सोमा परिणीतिले मनिषसँगको अफेयर्स हल्लाबारे मुख खोलिन । ‘हामी दुईबीच डेटिङ चलिरहेको छ भन्ने हल्ला सधै चल्दै आइरहेको छ ।’ २८ वर्षिय नायिकाले भनिन । तर मलाई लाग्छ , अहिले ती सबै हल्ला मरिसके । अहिले हल्ला भन्छ, परिणीतिको सम्बन्धविच्छेद भइसक्यो र उनी डिप्रेस्ड छिन् । जुन कुरा हुनैसक्दैन । तर करणले यदि त्यस्तै पो हो भनेर उठाएको शंकामा उनने थपिन हैन त्यस्तो भएकै छैन ।  त्यसो त बलिउडका मोष्ट वाण्टेड नायकहरु आदित्य रोय कपुर, वरुण धवन र सिदार्थ मलहोत्रासँगै काम गरे पनि कुनै हल्ला नचलेको उदाहरण दिँदै उनले थपिन् किनभने म कुनै पनि नायकसँग डेट गर्न रुचाउँदिन । त्यसो भए निर्देशकसँग ? करणले प्रश्न गरेको प्रतिप्रश्नमा उनले अनकनाउँदै भनिन हैन । त्यो त मलाई थाहा छैन, तर नायकहरुसँग त कुनै हालतमा पनि हुन्न । उनले एकटरसँग आफ्ने सधै फ्रेण्ड–जोन्ड रहने भन्दै गैरकलाकारसंग डेट जान रुचाउँने बताइन ।

Pariniti Chopara

विशेष