चीनमा नेपालसम्बन्धी चलचित्र बन्दै
मंसिर २१ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ चित्रकारको एक टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटी प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सि जिन पिङका चित्र हस्तान्तरण गरेको छ ।
भारतको गोवामा हालै सम्पन्न ब्रिक्स सम्मेलनका क्रममा ती दुई शीर्ष व्यक्तित्वबीच द्विपक्षीय भेटवार्ता हुँदा खिँचिएको तस्बिरलाई चिनियाँ चित्रकारले उतारेका थिए ।
सो अवसरमा प्रधानमन्त्रीले आफू चिनियाँ कलाबाट प्रभावित भएको बताउँदै यसले नेपाल र चीनबीचको सम्बन्धमा थप हार्दिकता थपेको बताएका छन् ।
प्रधानमन्त्रीले नेपाल र चीनबीचको जनस्तरमा विकसित सम्बन्धले दुई देशबीचको सम्बन्धमा प्रगाढता ल्याउने बताउँदै जनता–जनताबीचको सम्बन्ध विकसित गर्न यस्ता कदम स्वागतयोग्य हुने बताए ।
चिनियाँ टोलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत नेपालको ऐतिहासिक विषय समेटेर चलचित्र तयार भइरहेको पनि प्रधानमन्त्रीलाई अवगत गराएको थियो ।
chinese movie related to nepal