देश

तौलिहवामा लगाइएको निषेधित क्षेत्र फिर्ता

तौलिहवामा लगाइएको निषेधित क्षेत्र फिर्ता
[caption id="attachment_43134" align="alignleft" width="300"]taolihawa-nesedh-chhetra फाइल तस्बिर [/caption] मंसिर - २१ । संविधान संशोधन प्रस्तावको समर्थन र विरोधमा प्रदर्शन हुन थालेपछि कपिलवस्तु सदरमुकाम तौलिहवामा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र फिर्ता लिएकोे छ । सदरमुकाम तौलिहवामा सोमबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी भएको थियो । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान १० बजेदेखि निषेधित क्षेत्र फुकुवा गरिएको हो । शान्ति व्यवस्थामा खलबल हुन सक्ने देखिएकाले जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको थियोे । विगत छ दिनदेखि संशोधन प्रस्तावको समर्थन र विरोधमा भएको प्रदर्शनले जिल्लाको उत्तरी क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी क्षेत्रका बजार, यातायात, बैंक र शैक्षिक संस्था बन्द रहेका छन् भने बन्दका कारण सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण मारमा परेका छन् । बन्दको असर सदरमुकाम तौलिहवा र दक्षिणी क्षेत्रमा भने परेको छैन । रासस

कपिलवस्तु निषेधित क्षेत्र संविधान संशोधन

विशेष