देश

अर्घाखाँची बन्द मंगलबारबाट खुल्यो, बन्द खुले पनि आन्दोलन जारी रहने

अर्घाखाँची बन्द मंगलबारबाट खुल्यो, बन्द खुले पनि आन्दोलन जारी रहने
मंसिर – २१ । विगत ६ दिनदेखि बन्द रहेको अर्घाखाँची मंगलबारदेखि खुलेको छ । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउने गरी ल्याएको संशोधन प्रस्तावको विरोधमा भएको बन्द मंगलबारदेखि खुलाउने सहमाती भएको हो । बन्द खुले पनि आफ्नो आन्दोलन भने जारी रहेको आन्दोलनकर्ताले बताएका छन् । ६ दिनपछि बन्द खुलेसँगै अर्घाखाँचीको जनजीवन सामान्य बन्दै छ । आन्दोलनकर्ताहरुले लामो दूरीमा चल्ने गाडीमा अनिवार्य ‘पाँच नम्बर प्रदेश टुक्राउन पाईदैन’ लेखेका ब्यानर लेखेर चलाउन लगाउने निर्णय गरेका छन् । त्यस्तै चोकचोकमा होडिङबोड र ब्यानर राखेर विरोध जनाउने आन्दोलनकर्ताले जनाएका छन् । २३ र २४ गते जिल्ला सरकारी कार्यालयमा मानव साङ्लो बनाउने आन्दोलनका कार्यक्रम तय गरिएको बताइन्छ । बन्दका कारण १५ गतेदेखि रोकिएको विद्यालयको अर्धबार्षिक परीक्षा पनि मंगलबारदेखि सुरु हुने भएको छ ।

अर्घाखाँची बन्द

विशेष