समाज

किरिया बसेका दुई बालबालिकाको शिक्षामा सहयोग

किरिया बसेका दुई बालबालिकाको शिक्षामा सहयोग
gulmi मंसिर - २१  । आमाको किरियामा रहेका दुई बालिकाको शिक्षाका लागि थप रु दुई लाख १२ हजार सहयोग प्राप्त भएको छ । गुल्मीको पुर्कोट दह–१ जुम्लीचौर र जोहाङका विष्णु भण्डारीले चीनको ग्वाञ्झाओबाट नेपाली समुदायसँग उठाएर पठाएको रु एक लाख ८३ हजार र गुल्मीको सिर्सेनीका सुशील भट्टराईले काठमाडौँमा सङ्कलन गरेको रु २९ हजार गरी सो रकम म‌ंगलबार हस्तान्तरण गरियो । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले बालिकाका गाउँले एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरलाई रकम हस्तान्तरण गरे । सो जिल्लाका ३६ वर्षीया दुर्गाकुमारी भुसालको कमजोर आर्थिक अवस्थाका कारण बेलैमा उपचार नपाएर यही मङ्सिर ३ गते मृत्यु भएपछि १३ वर्षीया सङ्गीता र ११ वर्षीया रमिता किरियामा छन् । रासस

गुल्मी सहयोग प्राप्त

विशेष