समाज

पुरुषले चाहँदा पनि हुने भयो सम्बन्ध विच्छेद

पुरुषले चाहँदा पनि हुने भयो सम्बन्ध विच्छेद

मंसिर २२ । महिला र पुरुषलाई समान अधिकारको प्रत्याभूति गर्दै पुरुष पनि सम्बन्ध विच्छेदका लागि सीधै अदालत जान पाउने व्यवस्थासहितको कानुन बन्ने भएको छ ।

संसदको विधयान समितिअन्तर्गत मुलुकी ऐन प्रतिस्पधान गर्न बनेको देवानी संहिता उपसमितिले सम्बन्ध विच्छेदका लागि पुरुष पनि सीधै अदालतमा जान पाउने नयाँ व्वस्थापसहितको प्रतिवेदन समितिमा बुझाएको हो ।

कानुनविद् राधेश्याम अधिकारी संयोजकत्वको उक्त समितिले सम्बन्ध विच्छेदमा पुरुष र महिलालाई समान अधिकारको व्यवस्था गरेको हो ।

हाल महिलाले सम्बन्ध विच्छेदका लागि सीधै अदालत जान पाउने व्यवस्था रहे पनि पुरुषले भने गाउँ विकास समिित नगरपालिका हुँदै विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र सम्बन्ध विच्छेदका लागि अदालत जान पाउने व्यवस्था छ । –अन्नपूर्ण पोस्ट्बाट

विशेष