अर्थ मुख्य समाचार

हवाइ भाडा घट्यो

मंसिर २२ । आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो ।

सञ्चालक संघको मंगलबारको बैठकले हवाइ भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ९० रुपैयाँ घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा ३१० रुपैयाँ कम भएको छ ।

यसैगरी, काठमाडौंबाट विहानको समयमा हुँदै आएको माउन्टेन फ्लाइटको भाडा पनि ३०० पनि घटाइएको छ । निगमले पछिल्लोपटक हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ८ रुपैयाँ घटाएर ८६ रुपैयाँ कायम गरेको थियो । यसअघि असारमा पनि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए ।

संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा घटबढ गर्ने गरेको छ ।

Hawai Bhada

विशेष