समाज

फेसबुकबाट लभ, भेटेपछि भयो यस्तो फसाद

फेसबुकबाट लभ, भेटेपछि भयो यस्तो फसाद

मंसिर २२ । पछिल्लो समय सामाजिक सञ्जालले विश्वलाई जोडेको छ । साथी बन्ने, फलो गर्ने र सामाजिक सांस्कृतिक विचार विमर्श हुने माध्यम बनेको छ समाजिक सञ्जाल । यसले सदियौंदेखि समाजमा जरा गाडेको विकृति विसंगतिलाई उजार गर्न सघाएको छ । यो सकारात्मक पाटोसँगै यसले कही विकृति पनि भित्र्याएको छ ।

घटना म्याग्दीको हो । घटनाका पात्रको निजत्वलाई ध्यानमा राख्दै नाम ठेगाना उल्लेख नगरिएको हो । यसहाँ फेसबुकमार्फत एक युवती र एक युवा प्रेममा परे । फेसबुकमा फोटो हेरेर फेसबुकमै कुरा गरेर सम्बन्ध गाढा बन्दै गयो । सम्बन्धलाइ विवाहमा परिणत गर्न दुवै सहमत मात्रै भएनन्, युवाको घुम्न जाने प्रस्तावमा समेत युवतीले सहमति जनाइन् । युवाको प्रस्तावमा चितवनको सौराह हुँदै नेपाल र भारतको सीमा क्षेमा पुगेपछि मात्रै युवती छाँगाबाट खसेजस्तो भइन् । एक होतलमा बसिरहेका बेला युवतीले युवकको नागरिकता प्रमाणपत्र देखिन् । जसमा थर दलित लेखिएको थियो । तर फेसबुकमा उनले अर्कै थर राखेका थिए । युवक दलित भन्ने थाहा भएपछि युवतीले पटक पटक परिवारलाई सम्पर्क गरिन् । परिवार गएर उनलाई फिर्ता ल्यायो । नागरिक दैनिकबाट

विशेष