थपिए तीन डिआइजी

मंसिर २२ । प्रहरीको प्राविधिकतर्फका तीनजना एसएसपीका डिआइजीमा बढुवाका लागि सिफारिस भएका छन् । एसएसपी डा. मीनराज पाठक, डा। आशा सिंह र डा. सुमनराजा श्रेष्ठ डिआइजीमा बढुवाका लागि सिफरिस भएका हुन् ।
गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षमा रहेको बढुवा समितिले उनीहरुलाई डिआइजीमा बढुवा गर्ने निर्णय गर्न सिफारिस गरेको हो । सिफारिसमाथि चित्त नबुझे एकसाता भित्र उजुरी गर्न पाइने प्रावधान रहेको छ । प्रहरी अस्पतालमा उच्च पद रिक्त भएको करिब ६ महिना पछि बढुवा प्रक्रिया अगाडि बढाइएको हो ।
Nepal Police