मनोरञ्जन

गिगीले जितिन २०१६ को फेसन अवार्ड

गिगीले जितिन २०१६ को फेसन अवार्ड

मंसिर २२ । यस बर्षको उत्कृष्ट मोडलको उपाधि अमेरिकन मोडल गिगी हदीदले जितेकी छन् । लन्डनमा आयोजित २०१६ फेसन अवार्डमा हदीदले अन्तर्राष्ट्रिय मोडल अफ द इयरको उपाधि जितेकी हुन् ।

२१ बर्षिय सुपर मोडल हदीद अमेरिकाको लस एन्जल्सका रियल स्टेट व्यापारी मोहमद हदीद र पुर्व मोडल योलान्दा हदीदकी छोरी हुन् । उनका साथै उनकी बहिनि बेला पनि चर्चित मोडल रहेकी छन् । ५ फि १० इन्च अग्ली हदीदले सन् २०१४को न्युयोर्क फेसन विकबाट आफ्नो व्यावसायिक फेसन क्यारियर सुरु गरेकी थिइन् ।

gigi

हदीदले अहिले सम्म बिभिन्न म्युजिक भिडियो, शर्ट फिल्म र टेलिभिजन सिरियलमा काम गरिसकेकी छन् । हदीदले अहिलेसम्म सन् २०१५ मा लस एन्जल्स मोडल अफ द इयर, यसै बर्ष मोडल डट कमको रिडर्स च्वाइस मोडल अफ द इयर अवार्ड, सन् २०१६ को सोसियल मिडिया स्टारको अवार्ड जितेकी छन् ।

एजेन्सी

Gigi Hadid

विशेष