समाज

आफन्तलाई फोन गर्न चारघन्टा हिड्नु पर्ने

आफन्तलाई फोन गर्न चारघन्टा हिड्नु पर्ने
मंसिर २२ । जुम्लाको सिमानासँग जोडिएको रोकायगाउँको पारामुल्साम र मुलसामका स्थानीयवासी फोन गर्न चारघन्टा हिँड्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको अति विकट बस्ती मध्येमा पर्ने यी दुई गाउँका स्थानीयवासीले देशमा जुन व्यवस्था आएपनि आफूहरुलाई छुन नसकेको बताउने गरेका छन् । रोकायगाउँ १ र २ पर्ने यी दुई गाउँका स्थानीयवासी चारघन्टा हिँडेर रम्सिल आएर फोन गर्ने गरेको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले बताए । आफूले फोन गर्न खोजेमा चारघन्टा हिँडेर फोन गर्ने, तर बाहिरबाट फोन आउने कुरा बन्द हुने गरेको उनले बताए । दिनभरि त्यहीँ बसिरहने कुरा भएन ? चार घन्टा हिँडेर पनि नायकवाडाको रतनकोटको स्काई टावरले बिहान र वेलुका काम गर्दैन, दिउँसो मात्र काम गर्ने भएकाले निकै तनाव हुुने गरेको स्थानीयवासी नीमबहादुर शाहीले जनाए । जिल्लाको भगवती, दह, मोर्क लगायतका ठाउँमा टेलिफोनको निकै समस्या हुने गरेको छ । फोनको समस्याबारे सबैलाई जानकारी गराए पनि सुनुवाइ नभएको स्थानीयवासीको आरोप छ ।

Telephone

विशेष