कोलम्बिया विमान दुर्घटना : अनुसन्धानमा एयरलाइन्स प्रमुख पक्राउ
मंसिर–२२ । ब्राजिलको चापेकोएन्स फुटबल टिमकासाथ ७१ जनाको ज्यान गएको विमान दुर्घटनापछिको अनुसन्धानको लागि बोलिभियाका अधिकारीले एयरलाइन्सका प्रमुखलाई पक्राउ गरेको छ ।
एयरलाइन्सका प्रमुख पूर्व एयर फोर्स जनरल गु्स्ताभो भार्गासलाई पक्राउ गरेका हुन् । चापेकोएन्सका खेलाडीलाई कोलम्बिया लैजाँदै गरेको लामिए एयरलाइन्सको विमान इन्धन सकिएकाले दुर्घटना भएको थियो ।
ब्राजिलको उक्त टोली एथ्लेटिकोसँग सुदाअमेरिकन कपको फाइनल खेल्न कोलम्बिया उडेका थिए । विमान गएको मंगलबार ७७ जनासहित कोलम्बियाको मेडेल्लिन शहर नजिक दुर्घटना भएर ७१ जनाको मृत्यु भएको थियो ।
कोलम्बिया
चापेकोएन्स फुटबल टिम
बोलिभिया