मनोरञ्जन

हेयरस्टाइलिस नीलडेभिडकाे मास्टर क्लास सम्पन्न

हेयरस्टाइलिस नीलडेभिडकाे मास्टर क्लास सम्पन्न
मंसिर – २२ । हेयरस्टाइलिस नीलडेभिड कटवालले पहिलो पटक संचालन गरेको मेकअप तथा हेयर स्टाइलिङ सम्बन्धि मास्टर क्लास सम्पन्न भएको छ । उनले काठमाडौँको सिभिल मलमा करिव दुई दर्जन हेयर स्टाइलिङको दुई साता लामा मास्टर क्लास दिएका हुन् । नेपाल तथा भारतमा नीलडेभिड्स सैलूनको फ्रेन्चाइज समेत विस्तार गरिरहेका नीलडेभिडले मास्टर क्लासमा ‘हेयर स्टाइलिङ तथा कलर’ विषयमा विद्यार्थीहरुलाई विशेष कक्षा दिएका थिए । मास्टर क्लासको क्रममा नीलडेभिडले विद्यार्थीहरुलाई सैद्धान्तिकका साथै प्राक्टिकल क्लास समेत दिएका थिए । उनका अनुसार ‘मास्टर क्लास एक प्रकारको विशेषज्ञ कक्षा जस्तै हो । हेयर तथा मेकअपमा औपचारिक ज्ञान हासिल गरिसकेका विद्यार्थीहरु मास्टर क्लासमा सहभागि हुनसक्ने उनी बताउँछन् । नीलडेभिडको दोस्रो मास्टर क्लास भारतको सिलिगुडीस्थित सेभक रोडमा रहेको नीलडेभिड्स हेयर सैलून एण्ड एकेडेमीमा यही जनवरी ५ देखि २० सम्म सञ्चालन हुनेछ ।

नीलडेभिड कटवाल हेयरस्टाइलिस

विशेष