खेल

बार्सिलोनाकाे जित, समूह विजेतासँगै कीर्तिमान पनि

बार्सिलोनाकाे जित, समूह विजेतासँगै कीर्तिमान पनि
मंसिर–२२ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले समूह चरणको अन्तिम खेलमा जित हात पारेको छ । बार्सिलोनाले बोरुसिया मोनचेङग्लाडबाचलाई ४–० ले हराएको हो । समूही ‘सी’ अन्तर्गतको खेलमा बार्सिलोनालाई जिताउन आर्ड तुरानले ह्याट्रिक गरे भने मेस्सीले १ गोल गरे । खेलको १६ औँ मिनेटमा बार्सिलोनाको लागि मेस्सीले सुरुवाति गोल गरे । दास्रो हाफमा भने तुरानले ३ गोल गरेपछि बार्सिलोनाले शानदार जित हात पार्न सफल रह्यो । तुरानले ५०, ५३ र ६७ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पनि पूरा गरे । यसका साथै बार्सिलोनाले च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान बनाएको छ । बार्सिलोना दोस्रो पटक च्याम्पियन्स लिगको समूह चरणमा २० गोल गर्ने टिम बनेको हो । यसअघि बार्सिलोनाले सन् २०११-१२ को सिजनमा पनि समूह चरणमा २० गोल गरेको थियो । यो कीर्तिमानको सुरुवात भने इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले गरेको थियो । युनाइटेडले १९९८-९९ को सिजनमा २० गोल गरेको थियो । तथापि दुई सिजनमा २० गोल गर्ने टिम भने बार्सिलोना मात्रै रहेको छ । जितसँगै बार्सिलोना समूह 'सी'को विजेता बनेको छ । बार्सिलोना १५ अंकसहित समूह विजेता तथा म्यानचेस्टर सिटी ९ अंकसहित समूह उपविजेता बनको छ ।

च्याम्पियन्स लिग बार्सिलोना

विशेष