समाज

काँग्रेसद्वारा दुःख व्यक्त

काँग्रेसद्वारा दुःख व्यक्त
मंसिर–२२ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतको तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधनप्रति दुःख व्यक्त गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले बहुआयामिक व्यक्तित्वको धनी जयललिताको निधनले मित्रराष्ट्र भारतलाई अपुरणीय क्षति पुगेको बताउँदै सभापति देउवाले नेपालले पनि मित्रराष्ट्रको एक असल नेतालाई गुमाएको उल्लेख गरेका छन् । सभापति देउवाले शोक विज्ञप्तिमा दुःखको यस घडीमा मित्रराष्ट्र भारतका जनताप्रति धैर्यधारण गर्न सक्ने शक्ति प्रदान होस् भन्ने शुभेच्छाका साथ स्वर्गीय जयललिताप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । रासस

जयललिता नेपाली काँग्रेस शेरबहादुर देउवाु

विशेष