अब भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गरौँ – मन्त्री लेखक

मंसिर–२२ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले निर्माण व्यवसायीले निर्धारित समयमै गुणस्तरीय निर्माण कार्य पूरा गर्ने दायित्वलाई इमान्दारिताका साथ निर्वाह गर्नुपर्ने बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घको रजत जयन्ती समापन समारोहको अवसरमा आज ‘निर्माण दर्पण’ पुस्तक लोकार्पण गर्दै उनले ठेक्का लिँदाका बखत निर्माण सामग्रीका सन्दर्भमा सरोकारवालासँग गरेको प्रतिबद्धताअनुसार कार्य गर्नेलाई व्यवसायीलाई पुरस्कार तथा ठगी गर्नेलाई दण्ड सजाय गरिने बताए ।
मन्त्री लेखकले अब निर्माण गरिने संरचनामा भूकम्प प्रतिरोधात्मक प्रविधि प्रयोगमा ल्याउन पनि निर्माण व्यवसायीहरुसँग आग्रह गरे । महासङ्घका अध्यक्ष शरदकुमार गौचनले व्यवसायीले राम्रो कार्य गरे पनि भुक्तानी समयमै नपाइने समस्या रहेको बताए । रासस
गुणस्तरीय निर्माण
रमेश लेखक