समाज

दलहरु एकै ठाउँमा बस्नुपर्छ – नेता नेपाल

दलहरु एकै ठाउँमा बस्नुपर्छ – नेता नेपाल
मंसिर–२२ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देशमा देखा परेको समस्या समाधानका लागि पार्टीहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताएका छन् । साताव्यापी भ्रमणका सिलसिलामा नेता नेपालले रासससँग कुरा गर्दै भने – ''अहिले संविधान संशोधन होइन, कार्यान्वयनमा लाने बेला भएकाले संशोधन प्रस्ताव फिर्ता लिन सरकारसँग अनुरोध गर्दछु ।'' संशोधनप्रति मधेसवादी दलहरु समेत सन्तुष्ट नभएको र जनतामा आक्रोश पैदा गराएको उनको भनाइ थियो । एमालेले र अहिले जनताले समेत सङ्घीयताको विरोध नगरेको उल्लेख गर्दे नेता नेपालले भने – “अहिले जनआक्रोश सीमाङ्कनको विषयमा मात्र केन्द्रित भएकाले यसलाई सङ्घीयताकै विरोधको रुपमा लिन हुँदैंन ।” नेता नेपालले देशलाई एकताबद्ध गर्ने, संविधानको कार्यान्वयन गर्ने र निर्वाचन सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । रासस

एमाले माधवकुमार नेपाल

विशेष