इन्टरनेटमा भारतको एकाधिकार तोडियो, चीनसँग सम्झौता
मंसिर २३ । अबको केही साता भित्र नेपालको भारतसँग रहेको इन्टरनेट परिर्निभरता हट्ने भएको छ, नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबल मार्ग (टेरिस्टेरियल केबल रुट)बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्राष्ट्रिय केनेक्टीभिटिको लागि यो अर्को महत्वपूर्ण विकल्प हो ।
हाल नेपालमा भारतबाट भैरहवा, रक्सौल र वीरगञ्ज नाकामार्फत अप्टिकल फाइबरमार्फत् इन्टरनेट ल्याइएको छ । अहिले नेपालले भारतका बिएसएनएल, टाटा, एयरटेल, भारत पन्जाव र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरहेको छ । चीनसँगको इन्टरनेट कनेक्सनबाट भारतसँगको परनिर्भरता हट्नेछ ।
टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले चीनसँग बुधबार भएको सम्झौताले नेपालमा इन्टरनेटको अर्को वैकल्पिक मार्गको ढोका खुलेको बताइन् ।
Internate
NTC nepal