स्वास्थ्य

अबौंका स्वास्थ्य उपकरण बेकम्मा

अबौंका स्वास्थ्य उपकरण बेकम्मा
मंसिर २३ । मुलुकका प्रमुख अस्पतालहरूमा सरकारले अर्बौ रूपैयाँ खर्चेर खरिद गरेका स्वास्थ्य उपकरणहरू बेकम्मा भएर थन्किएका छन् । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, क्षेत्रीय अस्पताल पोखरा र अन्य अस्पतालका उपकरण मर्मत नगरी थन्क्याइएका हुन् । नयाँ खरिद गर्दा कमिसन पाइने भएकाले बिग्रिएका महँगा उपकरणहरू मर्मत नगरिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला अस्पतालसहित मुलुकमा १ सय भन्दा बढी सरकारी अस्पताल छन् । मुलुकको सबैभन्दा पुरानो अस्पताल वीरमा युरोलोजी, न्यूरो, कार्डियो र जनरल सर्जरी, इएनटी, रेडियोलोजी, आँखा, फिजियो, ग्यास्ट्रो र अन्य रोगसँग सरोकार राख्ने उपकरण बिग्रिएको भन्दै थन्क्याएर राखिएको छ । त्रिवि शिक्षण अस्पतालको अवस्था पनि अन्य सरकारी अस्पतालभन्दा भिन्न छैन । यसले करोडौं रुपैयाँ का उपकरण भण्डारमा थन्क्याएर राखेको छ । नागरिक  

Health Euipment In nepal

विशेष