मनोरञ्जन

बेहुली बन्न हतार छैन माइलीलाई

बेहुली बन्न हतार छैन माइलीलाई
पपगायिका माइली साइरलाई एउटै कुरामा मात्र हतार हुन्छ । मन्चमा प्रस्तुती दिने क्रममा जिब्रो निकालेर ओरल सेक्सको संकेत आउने गरी कसरी हाउभाउ गर्ने भन्ने । यसबाहेक बाँकी चिजमा उनी बिन्दास पाराकी छिन् । उनी अभिनेता लियम हेम्सवर्थसँग प्रेममा छिन् । तर, प्रेमलाई विवाहमा बदल्न कुनै हतार नगर्ने माइलीले सोच बनाएकी छिन् । यसलाई उनका प्रेमीले पनि साथ दिएका छन् । विगत केही सातायता माइली र लियामले बिहेको चाँजापाँचो मिलाउन सुरु गरेको समाचार सार्वजनिक भएको थियो । यस्तोमा माइलीकी बहिनी माफत उनले बिहे गर्ने हतार नगर्ने बताएकी छिन् । उनिहरुले बिहे गर्ने कुरा वाहियात हो उनकी बहिनीले भनेकी छिन् ।

Maily Cyres

विशेष