मनोरञ्जन

बाबा रामदेबको लुंगी डान्स, भयो भाइरल

बाबा रामदेबको लुंगी डान्स, भयो भाइरल
मंसिर २३ । भारतीय योग गरु योगगुरु रामदेवले बलिउड स्टार रणवीरसिंहसंग लुंगी डांसमा हराएका छन् ।  कार्यक्रममा रणवीरसिंहले बाबारामदेवलाई आफूसँग डान्स गर्नको लागि च्यालेन्ज गरेका थिए । शुरुमा बाबा रामदेव डान्स गर्न हिच्किचाएका थिए । तर रणवीर कपूर र दर्शकको आग्रहपछि बाबा रामदेव डान्स गर्न राजी भए । बाबा रामदेव आफ्नो लुंगी माथि सार्दै डान्सका लागि तयार भएका थिए । रणवीरको च्यालेन्ज स्वीकार गर्दै रामदेवले मन्चमा गएर रणवीरसँगै योग डान्स गरेका थिए । रामदेवले योगको अलग अलग पोजिसनमा डान्स गरेका थिए । रामदेवले करिब ६ मिनेटसम्म लगातार डान्स गरेका थिए । र, अन्त्यमा रणवीरसिंहले बाबा रामदेवसँग हार माने । मन्चबाट पसिना पसिना भएर बाहिर निस्के । रामदेवले रणवीरलाई भोगी होइन योगी बन्न सल्लाह दिएका थिए ।

baba ramdev

विशेष