मनोरञ्जन

हिमेश रेशमियाले दिए डिभोर्स

हिमेश रेशमियाले दिए डिभोर्स

मंसिर २३ ।  अभिनेता हिमेश रेशमियाले आफ्नी पत्नी कोमलसँग मंगलबार डिभोर्सको लागि निवेदन दिएका छन् । भारतीय मिडियाका अनुसार दुवैको सहमतिमा छुट्टिने निर्णय गरेको उल्लेख छ । यसका साथै २२ बर्षदेखिको उनीहरुको वैवाहिक सम्बन्धको अन्त्य भएको छ । पछिल्लो केहि महिना देखि उनीहरु अलग अलग बसिरहेका थिए ।

एक छोरा स्वयं छन् जसलाई दुबैले हेर्ने बताएका छन् । हिमेसले यसको पुष्टि गर्दै दुबैले एक अर्कालाई सम्मान गर्ने र दुवै एक अर्काको परिवारसँग जोडीइरहने उल्लेख छ ।

हिमेस रेसमिया पछिल्ला दिनहरुमा टेलिभिजन कलाकार सोनिया कपुरसँगको प्रेममा रहेको मिडियामा आइरहेका बेला उनीहरुको डिभोर्सको समाचार आएको छ । यी दुईको डिभोर्स हुनुमा पनि सोनियाको हात रहेको बताइएको छ ।

Himesh Resamiya

विशेष