स्वास्थ्य

पूर्वाञ्चलमै पहिलो पेनलेस प्रसूति सेवा

पूर्वाञ्चलमै पहिलो पेनलेस प्रसूति सेवा

मंसिर २३ । सुरक्षा अस्पताल विराटनगरले पूर्वाञ्चलमै पहिलोपटक पेनलेस (दुखाइ नहुने) प्रसूति सेवा उपलब्ध गराएको छ ।

सो अस्पताल सञ्चालक डा रम्भादेवका अनुसार पूर्वाञ्चलमै पहिलोपटक भित्र्याएको दुखाइ बिनाको प्रसूति सेवाले सुरु गरेको तीन महिनाको अवधिमा एकसय बिमारीलाई सेवा उपलब्ध गराएको छ ।

‘अहिलेसम्म एकसय जनाले सो सेवा उपलब्ध लिइसकेका छन् । अस्पतालका पेन मेनेजमेन्ट विशेषज्ञ डा शैलेशजङ्ग डाँगीले बेलायतबाट सुरु भएको सो सेवा शत्प्रतिशत सुरक्षित र विश्वसनीय रहेको उल्लेख गरे ।

सो सेवा लिएकी धनकुटा नगरपालिका–५ की मीना घिमिरेले सो प्रविधिबाट प्रसूति गराउँदा कुनै दुखाइ नभएको बताइन ।

Painless baby born

विशेष