स्वास्थ्य

महिनावारीबारे जानी राख्नुस् यी कुरा

महिनावारीबारे जानी राख्नुस् यी कुरा

महिलामा महिनै पिच्छे हुने महिनावारीलाई लिएर धेरै ठूलो कुरा बनाउनुपर्ने जरुरत छैन । किनभने हामी जसरी दिनहुँ दिशा पिसाव गर्छौ, महिनावारी पनि उस्तै हो । मात्रै एक महिनामा हुने भएर मात्रै फरक लागेको हो ।

धेरैजसो मानिसहरु आफ्नो महिनावारी किन अरुको जस्तो समयमा भएन भन्ने चिन्ता लिन्छन् । तर, महिनावारीको आफ्नै साइकल हुन्छ । महिनावारी नियमित र सिमयमा नहुने कुरा आ आफ्र्नै साइकलमा भर पर्छ ।

सुरुदेखि नै कसैको २९÷२९ दिनमा महिनावारी हुन्छ भने कसैको दुईतीन महिनामा पनि हुन सक्छ । प्राय महिलाको महिनावारीमा २९, २५, २८, ३५ दिनदेखि तीन महिनासम्मको साइकल हुन सक्छ ।

कतिपयको भने २८ दिनको साइकल हुनेगर्छ । कसैको २९ दिनमा हुन्छ मेरो किन ३५ दिनमा भयो भनेर चिन्ता लिनु मुर्खता हो । तर, दुई तीन महिनाको अन्तरालमा हुँदा भने केही समस्या हुन सक्ने भएकाले एक पटक जचाउँदा राम्रो हुन्छ ।

महिनावारी भएको समयमा धेरैलाई पिडा पर्न सक्छ । यस्तोबेलामा हुने पिडालाई क्रयाम्पिङ पेन भनिन्छ । यसलाई त्यती ठूलो समस्या लिइनु हुँदैन । सहनै नसकिनेगरि गाह्रो भएको खण्डमा औषधी सेवन गर्न सकिन्छ ।

चिकित्सकहरुले ‘मेफ्टोल’ स्पास नामको पेन किलर खान पनि सुझाएका छन् । खासै धेरै पिडा नभएको समयमा तातो खानेकुरा खाने, सुतेर नबस्ने, आफूले सकेको काम गर्ने, हटब्यागमा तातोपानी राखे पेट सेकाउने आदि गर्न सकिन्छ ।

धेरैजसो महिलाले महिनावारी पर सार्नका लागि औषधी सेवन गर्ने गर्छन् । त्यस्ता औषधी कहिलेकाहीँ खाँदा त फरक पर्दैन तर धेरै खाने गर्नु हुँदैन । पहिलो पटकको महिनावारी धेरैजना आत्तिने गर्दछन् । यसवारे घरमै परिवारले बच्चाहरुलाई सुझाव दिन जरुरी हुन्छ ।

महिनावरीको समयमा दुध, दहीजस्ता पोषिला कुराहरु खानु जरुरी हुन्छ तर छृुवाछुतका कारण यस्ता खानेकुराबाट रोक लगाइन्छ । यस्ता प्रकारका अन्धविश्वासबाट समयमै छुटकारा पाए उचित हुन्छ । सबभन्दा महत्वपूर्ण कुरा त यस्तोसमयमा सरसफाईमा एकदम ध्यान दिनुपर्ने हुन्छ ।

सयानिटेरी प्याड सबै मानिसको पहुँचमा नहुन सक्छ । त्यसकारण कपडाको प्रयोग गर्नेहरले कपडा सुकाउन लाज लागेर चिसो र ओसिलो ठाउँमा सुकाउने गर्छन् । तर वास्तावमा महिनावारीमा प्रयोग गरेका कपडा पारिलो घाम लागेको ठाउँमा सुकाउनुपर्छ । त्यस्तै गरि स्यानिटेरी प्याड धेरै समयसम्म लगाइरहनु हुँदैन । सरसफाईका साथसाथै समय समयमा फेरिरहनुपर्छ ।

Misuration

विशेष