मनोरञ्जन

टिचर हेर्न पुगिन एमाले नेत्री रामकुमारी झाक्री

टिचर हेर्न पुगिन एमाले नेत्री रामकुमारी झाक्री

मंसिर २३ । नेपाली कथानक चलचित्र टिचरको च्यारिटी सो आयोजना भएको छ । काठमाडाैँको जडीबुटीस्थित पुष्पाञ्जली हलमा बिहिबार च्यारिटी सोको आयोजना भएको हो ।

कोटेश्वर बहुमुखी क्याम्पसको अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले उक्त च्यारिटी सोको आयोजना गरेका हुन् । पुष्पाञ्जली हलमा पुगेर कोटेश्वर बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले नेपाली कथानक चलचित्र टिचरको च्यारिटी सो हेरेका छन् ।

च्यारिटी सोमा चलचित्रको निर्देशक शोभित बस्नेत, कलाकार सलोन बस्नेतलगायतका उपस्थित थिए । चलचित्र हेर्नकै लागि एमाले केन्द्रिय सदस्य रामकुमारी झाक्री, अनेरास्ववियु सचिब सुदेश पराजुली र टीका सुवेदी उपस्थित थिए ।

एमाले केन्द्रिय सदस्य रामकुमारी झाक्रीले चलचित्र हेर्ने क्रममा नेपाली सन्देश मुलक चलचित्रलाई सबैले माया गर्नुपर्ने बताइन् । उनले भनिन् -'हिन्दी चलचित्रहरुलाई नेपाली दर्शकहरुले नै विस्थापित गर्नुपर्छ ।'

च्यारिटी सो आयोजना गर्न महत्वपूर्ण भूमिका निभाएका कोटेश्वर बहुमुखी क्याम्पस अनेरास्ववियु अध्यक्ष माधव अधिकारीले च्यारिटी सो हेर्नको लागि ३५० जना विद्यार्थीहरु उपस्थित रहेको बताए ।

Ramkumari Jhakri Teacher's Flim कोटेश्वर बहुमुखी क्याम्पस च्यारिटी सो

विशेष