मनोरञ्जन

विवाह गर्ने सोचमा रणभीर

विवाह गर्ने सोचमा रणभीर
मंसिर २३ । बलिउडमा सार्वधिक रुचाइएको जोडी रणभीर सिंह र दीपिका पादुकोणका फ्यानका लागि खुशीको खबर आएको छ । कारण, अधिनेता रणभीर सिंहले आफ्नो विवाहबारे यतीबेला मिडियामा मुख खोलेका छन् । विवाहबारे कुरा गर्दै रणभीरले समयअनुसार अहिले आफ्नो विवाहप्रतिको धारणा बलदिएको बताएका छन् । हाल विवाहको सोचमा नरहे पनि छिटै विवाह गरेर परिवार बसाल्ने मन भएको उनले बताए । अहिले भने उनी आफ्नो करियरमा बढी केन्द्रित रहँदै आएका छन् । केही समयअघि दीपिका र रणभीरको सम्बन्धमा फाटो आएको समाचारले बलिउड तताएको थियो । तर, गत हप्ता एक पार्टीमा दीपिका र रणभीर एक अर्काको हात समाती उपस्थित भएपछि सम्बन्ध राम्रै चलिरहेको अनुमान बलिउड मिडियाले लगाएको छ । एजेन्सी

दीपिका पादुकोण बलिउड रणभीर सिंह

विशेष