खेल

युवा क्रिकेटर सन्दीप एपीएफ क्लबमा अनुबन्धित

युवा क्रिकेटर सन्दीप एपीएफ क्लबमा अनुबन्धित
मंसिर–२३ । यू–१९ एसिया कपको लागि नेपाली टोलीको कप्तानको जिम्मेवारी पाएका युवा क्रिकेटर सन्दीप लामिछाने सशस्त्र प्रहरीको एपीएफ क्लबमा अनुबन्धित भएका छन् । एपीएफले बिहीबार सन्दीपलाई क्लबमा अनुबन्ध गरेको हो । उनी अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको एकेडेमीमा झण्डै २ महिना क्रिकेट खेलेर हालै मात्र स्वदेश फर्किएका छन् । सातौं राष्ट्रिय खेदकुदको तयारीका लागि टिम निर्माण भइरहेको एपीएफ क्लबले जनाएको छ ।

एपीएफ क्लब सन्दीप लामिछाने

विशेष