खेल

समूह विजेता बोरुसियाले मड्रिडलार्इ पछि पार्दै रच्याे नयाँ कीर्तिमान

समूह विजेता बोरुसियाले मड्रिडलार्इ पछि पार्दै रच्याे नयाँ कीर्तिमान
मंसिर–२३ । स्पेनिस क्लब रियल मड्रिडलाई पछि पार्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड समूह एफको विजेताको रुपमा च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । बोरुसियाले बुधबार राति भएको खेलमा मड्रिडलाई २–२ को बराबरीमा रोकेपछि समूह विजेता हुन सफल रह्यो । रियलका लागि समूह विजेता हुन जीतको आवश्यक थियो भने बोरुसियालार्य बराबरी खेले मात्र पुग्थ्यो । तथापि घरेलु टोलीले आफ्नो अग्रता जोगाउन नसक्दा समूह विजेता हुन सकेन । समूह विजेता भएसँगै बोरुसिया डर्टमुण्डले कीर्तिमान पनि बनाएको छ । बोरुसियाले च्याम्पियन्स लिगको समूह चरणमा २१ गोल गर्दै कीर्तिमान बनाएको हो । बोरुसिया समूह चरणमा २१ गोल गर्ने पहिलो टिम बनेको हो । यसअघि मंगलबार मात्र स्पेनिस क्लब बार्सिलोनाले दोस्रो पटक च्याम्पियन्स लिगको समूह चरणमा २० गोल गर्ने टिमको कीर्तिमान बनाएको थियो । अहिलेसम्म च्याम्पियन्स लिगमा बार्सिलोनासहित तीन टिमले समूह चरणमा २० गोल गरेका छन् । सबै भन्दा पहिले समूह चरणमा २० गोल गर्ने टिम इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड हो । स्तै स्पेनिस क्लब रियल मड्रिडले पनि २० गोल पूरा गरि सकेको छ । बोरुसियाको कीर्तिमानपछि अहिलेसम्म समूह चरणमा २० गोल पूरा गर्ने चार टोली पूरा भएको छ ।

च्याम्पियन्स लिग बोरुसिया डर्टमुण्ड रियल मड्रिड

विशेष