खेल

विश्वकपमा ४८ देशलाई सहभागी गराउने फिफा अध्यक्षको योजना

विश्वकपमा ४८ देशलाई सहभागी गराउने फिफा अध्यक्षको योजना
मंसिर–२३ । विश्वकपमा ४८ देशलाई सहभागी गराएर १६ समूह बनाउने इच्छा रहेको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन् । गत फेब्रुअरीमा फिफा अध्यक्ष बनेका इन्फान्टिनोले यसअघि विश्वकपमा ३२ टिमबाट ४० बनाउनु पर्ने बताएका थिए । अब भने उनले विश्वकपमा ४८ देशलाई सहभागी गराउने योजना अघि सारेका छन् । जसलाई १६ समूहमा विभाजन गरिनेछ र शीर्ष दुई टिम अन्तिम ३२ को नकआउट चरणका लागि छनौट हुनेछन् । सन् १९९८ मा विश्वकप खेल्ने टिमको संख्या २४ बाट ३२ बनाइएको थियो । जसमा अहिले ३२ टिमलाई ४–४ देशको ८ समूहमा विभाजन गर्ने गरिएको छ । जसमा शीर्ष दुई टिम क्वाटरफाइनल पुग्छन् । तर अहिले उनले एक समूहमा ३ राष्ट्र राख्ने योजना बनाएका छन् । यसबारे आगामी जनवरीमा निर्णय हुन सक्छ । तर, २०२६ को विश्वकप अगाडि यो परिर्वतन सम्भव देखिएको छैन । यसबारे काउन्सिलका सदस्यहरुले प्रस्ताव पाएका छन् । जसमा हाल कायम ३२ टिमलाई निरन्तरता दिने, ४० टिम बनाउने लगायतका विकल्पहरु समेत रहेको समाचारहरुमा उल्लेख छ ।  

फिफा अध्यक्ष जियानी इन्फन्टिनो विश्वकप

विशेष