खेल

नकआउट चरणमा पुग्न सफल भएका १६ टोली यसप्रकार........

नकआउट चरणमा पुग्न सफल भएका १६ टोली यसप्रकार........
मंसिर–२३ । बुधबार राति भएका खेलहरुसँगै च्याम्पियन्स लिगको अन्तिम १६ अर्थात नकआउट चरणमा पुग्ने सबै टोली पूरा भएको छ । छनौट भएका टोलीहरु मध्ये ला लिगाबाट सर्वाधिक चार टोली नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । ला लिगाबाट बार्सिलोना, रियल मड्रिड, एथलेटिको मड्रिड र सेभिल्ला पुग्न सफल भएको हो । यस्तै बुन्डेजलिगाबाट बार्यन म्युनिख, बोरुसिया डर्टमुण्ड र बार्यन लिभरकुसन अन्तिम १६ मा प्रवेश गर्न सफल भएका छन् । प्रिमियर लिगबाट लिसेस्टर, म्यानचेष्टर सिटी र आर्सनल छनौट भएका छन् । नकआउट चरण पुग्ने अन्य टोलीमा इटालियन सिरिएबाट युभेन्टस र नापोली छन् भने फ्रान्सको लिग वानबाट पीएसजी र मोनाको छन् । पोर्चुगलको क्लब पोर्टो र बेन्फिकाले पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् । टोलीको म्याचको ड्र भने आगामी सोमबारमा हुनेछ ।

अन्तिम १६ अर्थात नकआउट चरण च्याम्पियन्स लिग

विशेष