मुख्य समाचार मेरो परिवार मेरो कथा

नेताहरुले महिला अधिकारको विषयमा कुरा गरिरहँदा उनीहरुका श्रीमतीको अवस्था कस्तो छ ?

नेताहरुले महिला अधिकारको विषयमा कुरा गरिरहँदा उनीहरुका श्रीमतीको अवस्था कस्तो छ ?

राजनीतिक दलका नेताहरुले महिला अधिकारको कुरा धेरै गर्न गर्छन् । महिला अधिकारको कुरा गरिरहँदा उनीहरुले आफ्ना श्रीमतीलाई कस्तो अवस्थामा राखेका छन् ? उनीहरुका श्रीमती केकस्ता पेसामा संलग्न छन् ? नेताका श्रीमती के गर्छन् त ? भन्ने कुरा पाठकहरुका लागि अनविज्ञ हुन सक्छन् । नेपाल आजले खोतल्ने प्रयास गरेको छ ।

पुष्पकमल दाहाल — प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी हुन् सीता दाहाल । पार्टीको केन्द्रिय सल्लाहकार रहेकी सीताको पतिलाई सघाउने बाहेक केही काम नभएको नजिकका व्यक्ति बताउँछन् । पछिल्लो वर्ष पतीसँग भारत भ्रमणमा गएकी उनले असामन्य क्रियाकलाप देखाएपछि धेरै आलोचित भएकी थिइन् ।

शेरबहादुर देउवा — कांग्रेस सभापती शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले भारतबाट रहेर साइकोलोजीमा पिएचडी गरेकी छिन् ।सांसदसमेत रहेकी उनको पार्टीमा भने भूमिका छैन । उनी ‘साथी’ संस्थाको संस्थापक , ‘समानता इन्स्टिच्युट’ की निर्देशक र ‘रुरल वेमिन डेभलपमेन्ट एन्ड युनीटी सेन्टर’ की अध्यक्षसमेत छिन् ।

शशांक कोइराला — कांग्रेस महामन्त्री डा शशांक कोइराला की पत्नीस सुपात्रा कोइराला प्रसुति विशेषज्ञ हुन् । आफ्नो अधिकांश समय बिरामीलाई दिने गरेकी सुपात्रा चाबहीलस्थित ओम नर्सिङ अस्पतालमा कार्यरत छिन् । विदेशी नागरिक रहेकी सुपात्रालाई राजनीतिमा भने खासै चासो छैन ।

केपी ओली — एमाले अध्यक्ष केपी ओलीकी श्रीमती राधिका ओली पहिला नेपाल राष्ट्र बैंकमा जागिरे थिइन् । सरकारी जागीरको अवकासपछि उनी अहिले पतिकै सहयोगी छिन् ।

रामचन्द्र पौडेल — त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी पत्नी हुन् सविता पौडेल । उनी साधारण लेखपढ गर्न सक्छिन् । राजनीतिमा नदेखिने उनी सामान्य गृहिणीकै जीवन बिताई रहेकी छिन् ।

मोहन वैद्य — नेकपा माओवादी अध्यक्ष मोहन वैद्य पत्नी सुष्मा एसएलसीसम्मको अध्ययन सकेर बसेकी छिन् । उनले कक्षा पाँचबाट अध्ययन सुरु गरेकी हुन् । उनी पनि अहिले सामान्य घर गृहिणीको जीवन बिताइरेहकी छिन् ।

बाबुराम भट्टराई — नयाँ शक्ति नेपालका संयोजक डा भट्टराईकी पत्नी हिसिला यामी नयाँ शक्तिमा नै आबद्ध छिन् । पार्टीमा उनको जिम्मेवारी भने अहिलेसम्म तोकीएको छैन । नेकपा माओवादीमा रहँदा उनी मन्त्रीसमेत भएकी थिइन् ।

प्रकाशमान सिंह — नेपाली कांगे्रसका महामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् सिर्जना सिंह । राजनीतिमा निस्कृय रहेकी उनी पनि गृहिणी हुन् । पार्टीमा सासु मंगलादेवी सिंहको भूमिका उनलाई हस्तान्तरण गर्ने चर्चा चले पनि उनले सो प्रस्तावलाई अस्वीकार गरेकी थिइन् ।

कृष्णप्रसाद सिटौला — त्यस्तै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाकी पत्नी हुन् कविता सिटौला । उनी रत्नराज्य क्याम्पसमा राजनीति शास्त्र पढाउँछिन् । राजनीतिशास्त्रकी अध्यापक रहे पनि उनको पार्टीमा भने खासै भूमिका छैन । आर्थिक स्रोतका स्थायी माध्यम नभएका सिटौला उनकै सहयोगमा चल्ने बताइन्छ ।

झलनाथ खनाल — एमाले वरिष्ट नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार विज्ञान विषयकी प्राध्यापक हुन् । सन् २०४७ सालदेखि अध्यापन पेसामा रहेकी उनले पाटन संयुक्त क्यामपसमा विज्ञान पढाउने गर्थिन् । उनले पार्टीमा भने कुनै भूमिका पाएकी छैनन र श्रीमानलाई नै सघाउदै आईरहेकी छिन् ।

अारजु देउवा नेताहरुका श्रीमती महिला अधिकार हिसिला यामी

विशेष