नेपाल आज विशेष मुख्य समाचार

बाबुरामलाई जुत्ता हान्ने सञ्जिवकी अामा भन्छिन् ‘छोराले जे गर्यो राम्रो गर्यो’

बाबुरामलाई जुत्ता हान्ने सञ्जिवकी अामा भन्छिन् ‘छोराले जे गर्यो राम्रो गर्यो’
[caption id="attachment_43710" align="alignleft" width="950"] सञ्जिवका बुबा कृष्ण भट्टराई र आमा उमा भट्टराई [/caption]
बिहीबार पोखराको पृथ्वी नारायण क्याम्पस हाताभित्र नयाँ शक्ति निकट नयाँ शक्ति विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई लक्षित गरेर कैलालीका सञ्जिव भट्टराईले जुत्ता प्रहार गरे । कैलाली नारायणपुरका २९ वर्षीय भट्टाई पृथ्वी नारायण क्याम्पसमा अर्थशास्त्रमा स्नातकोतरमा अध्ययनरत थिए । उनले जुत्ता प्रहार गर्नुअघि उनले ‘बाबुराम भट्टराई मुर्दावाद’ भन्दै कालो झन्डा देखाएर नारा लगाएका थिए । घटनालगत्तै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बगरको हिरासतमा राखेर साँझ उनलाई छोडिदिएको छ । उनले प्रहरी समक्ष नेताहरुले देश विगारेका कारण वितृष्णा जागेकाले जुत्ता हानेको बताए । उनले जुन सुकै ठूला पार्टीका ठूलो नेता भएको भए पनि प्रहारा गर्ने उनको लक्ष्य रहेको प्रहरीसमक्ष बयान दिए । सञ्जिवको यो घटनापछि नेपालआजले उनको घर कैलालीस्थित नारायणपुर उनीका बुवा हरिकृष्ण भट्टाई र आमा उमा भट्टराईलाई सम्पर्क गरेर सञ्जिवका बारेमा बुझ्ने प्रयास गरेको छ । हुन त हाम्रो गोत्र एउटै हो । उनी पनि भट्टराई हामी पनि भट्टराई । हामी पोखराका हौँ उनी गोर्खाका यति मात्रै फरक हो । तर, राजनीतिले जात, धर्म, गोत्र भन्दैन । र मेरो छोराले पनि त्यस्तै सोच्दैन । हाम्रा तीन छोरा मध्येको माइलो छोरा हो । मेरो जेठा छोरा संतोष चितवनमा अधिकृत छ भने कान्छो छोरा सागर काठमाडौँमा बसेर पढ्दै छ । माइलो सञ्जिव धेरै दुःख, हण्डर खाइसकेको आम युवा हो । ऊ पोखरा बसेर पृथ्वी नारायण क्याम्पसमा अध्ययनर थियो । उसको व्यवहार एकदमै हसिलो परासिलो छ । धेरै कुरा मनमा खेलाएर बस्न सक्दैन । हामी विवाह कार्यक्रममा थियो । गाउलेबाट नै छोरा सञ्जिवले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई जुत्ता प्रहार गरेको खबर पायौँ । पहिला केही नराम्रो लागे पनि हामी छोरासँग सहमत छौँ । उसले जे गर्यो राम्रो गर्यो । विकास गर्छु भन्दै हिँड्नेले विकासका काम नगरेको देख्दा जसको पनि चित्त दुख्छ हैन र ? अहिलेको अवस्थालाई हेर्दा पार्टीमा पुगको मान्छेले आफ्नै भुडी भरेको देखिन्छ । देश भनेको त सामान्य मान्छेलाई मात्र चाहिने । उनीहरुलाई मात्र देशको चिन्ता हुने । त्यसैले कारणले पनि होला छोराले जुत्ता प्रहार गरेको । तर, हामी उसको ब्यवहार प्रति पूर्णरुपमा सहमत छौँ । १० वर्ष जनयुद्धका बेला धेरै जनताले दुःख पाए । अव विकास गर्नु पर्ने हो । तर, अहिले भट्टराईले पार्टीभित्र चित्त नबुझेर पार्टी टुक्राउँदै हिँडेका छन् । त्यसरी नै देशलाई निकास चाहिएको बेला नेताहरुले देश टुक्राउने सहमती गर्न लागेका छन् । त्यहि भएर उसले यस्तो गरेको हुनु पर्छ । उसले पहिला कैलालीस्थित रमेश चौधरीले संचालन गरेको फूलबारी एफएममा समाचार वाचकको रुपमा करिब ५ वर्ष जति काम पनि गरेको थियो । फूलबारी एफएममा काम गर्दा उसले पाउनु पर्ने उचित पारिश्रमिक प्राप्त गर्न नसेपछि ऊ पोखरा पढ्ने गएको थियो । सञ्जिवका बुबा स्थानिय विद्यालयमा अध्यापन गराउँछन् भने आमा नारायणपुर गाविसकी उपाध्यक्ष तथा एमाले नेत्री हुन् ।

जुत्ता प्रहार डा. बाबुराम भट्टराई पृथ्वी नारायण क्याम्पस

विशेष